२०८१ पुष ८ सोमबार

तेह्रथुम सरोकार समाज द्धारा आगलागी पिडितलाई राहत वितरण ।

तेह्रथुम, मंसिर ३ गते सोमबार

तेह्रथुमका आगलागी पिडितहरुलाई तेह्रथुम सरोकार समाज काठमाडौले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुममा सोमबार एक कार्यक्रमको आयोजना गर्दै समाजले जिल्लाका बिभिन्न ५ वटा पालिकाका ५३ घरधुरी आगलागी पिडितहरुलाई राहत रकम वितरण गरेको हो । गतबर्षको सुख्खायाममा आगलागीमा परि घर पुर्ण रुपमा क्षति भएको परिवारलाई सात हजार सात सय र आंशिक क्षति हुने घरधुरीलाई तीन हजारको दरले राहत रकम वितरण गरिएको तेह्रथुम सरोकार समाज काठमाडौका महासचिव केशव प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाका अनुसारका पिडितहरुलाई जम्मा तीन लाख रकम वितरण गरिएको छ ।

आगलागी पिडितलाई राहत रकम प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी मिना अर्याल ।

तेह्रथुम घर भई बिभिन्न पेशा,व्यवशाय र रोजगारीको सिलसिलामा काठमाडौ बस्दै आएका व्यक्तीहरुले सामाजिक कार्यका लागि तेह्रथुम सरोकार समाज काठमाडौ गठन गरि संचालन गरेको समाजका अध्यक्ष हरिपती क्षेष्ठले बताउनुभयो ।

उक्त राहत रकम पनि समाजका पदाधिकारीहरुले व्यक्तीगत हिसाबले संकलन गरेको अध्यक्ष क्षेष्ठले जानकारी दिनुभयो । यसैबिच सोही अवशरमा आगलागी न्यूनिकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ ।

 

 

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।