२०८३ बैशाख १२ शनिबार

छथर जोरपाटीको नाराः “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार – दिगो विकासको आधार”

धनकुटा — कोशी प्रदेश अन्तर्गत पर्ने छथर जोरपाटी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई दिगो विकासको मुख्य आधार मानेर आगामी योजना र कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।

गाउँपालिकाको कार्यालय धनकुटामा रहेको छ। “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार – छथर जोरपाटी दिगो विकासको आधार” भन्ने मूल नाराका साथ गाउँपालिकाले समावेशी र समृद्धि उन्मुख योजनाहरूको तयारी थालेको छ।

स्थानीय सरकारको यो दृष्‍टिकोणले गाउँपालिकाको सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास गरिएको छ। गाउँपालिकाले विशेषगरी आधारभूत सेवा, रोजगारी सिर्जना, ग्रामीण पूर्वाधार विस्तार, तथा पर्यटकीय सम्भावनाको विकासमा ध्यान केन्द्रित गर्दै आएको छ।

छथर जोरपाटीको दिगो विकासका लागि स्थानीयवासी, जनप्रतिनिधि र सरकारी संयन्त्रबीचको सहकार्य अझ सशक्त बनाउने लक्ष्य लिएको गाउपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनुभयो । ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।