२०८३ जेष्ठ २३ शनिबार

तेह्रथुम/२७ असार

नेपाली कांग्रेस तेह्रथुम जिल्ला कार्यसमितिले पार्टी नेता तुलसी सुब्बामाथि केन्द्रिय अनुशासन समितिले पाटीको साधारण सदस्य समेत नरहने गरि गरेको कारबाहीप्रति गम्भीर असहमति जनाउँदै उक्त निर्णय पुनरावलोकन गरी सफाइ दिन माग गरेको छ। जिल्ला सभापति अर्जुन बहादुर तुम्बाहाङ्फेको हस्ताक्षरमा पठाइएको पत्रमार्फत कारबाही न्यायसंगत नभई गुटबन्दीको परिणाम भएको ठहर गरिएको छ।

२०७९ सालको संघीय तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार सिता गुरुङलाई हराउने उद्देश्यले सक्रियता देखाएको आरोपमा तुलसी सुब्बामाथि अनुशासन समितिले कारबाही गरेको थियो। तर जिल्ला कार्यसमितिले उक्त आरोप प्रमाणित नभएको भन्दै कारबाहीको औचित्यमाथि प्रश्न उठाएको छ।

पत्रमा उल्लेख छ, “तुलसी सुब्बाले नेपाली कांग्रेस तेह्रथुमको संगठन निर्माणमा ऐतिहासिक योगदान पु¥याएका व्यक्ति हुन्। चुनाव सम्पन्न भएर तीन वर्ष पुग्न लाग्दासम्म निष्क्रिय रहेको विषयलाई अहिले आएर कारबाही गर्नु गुटगत राजनीति र व्यक्तिगत पूर्वाग्रहरहित छैन।”

तेह्रथुम कांग्रेसले पार्टीभित्र स्वस्थ बहस र आत्मसमालोचनाको संस्कृति आवश्यक भएको बताउँदै यसप्रकारको कारबाहीले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने चिन्ता व्यक्त गरेको छ। साथै, पार्टीभित्र गम्भीर छलफलबिनै गरिएको निर्णय संगठन सुदृढीकरणभन्दा पनि विभाजनतर्फ उन्मुख भएको आरोप लगाइएको छ।

जिल्ला कार्यसमिति तेह्रथुमले कारबाही फिर्ता लिई नेता तुलसी सुब्बालाई पुनः सक्रिय पार्टी भूमिकामा फर्काउन आग्रह गर्दै पत्र केन्द्रीय कार्यालय, लाई पत्रचार गरि अनुशासन समिति र प्रदेश समितिलाई बोदार्थ पठाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।