तेह्रथुम २९ फागुन
नेपाल सास्कृतिक महासंघ तेह्रथुमको अध्यक्षमा कमल बुढाथोकी चयन हुनुभएको छ। सदरमुकाम म्याङलुङमा विहिबार सम्पन्न महासंघको तेस्रो जिल्ला अधिबेशन बाट बुढाथोकी अध्यक्ष चयन हुनुभएको हो । १४ सदस्यिय महासंघको उपाध्यक्षमा मन्दिरा बराल,रोशनी गुरुङ,सचिवमा दिेपेश खापुङ,सह सचिवमा मुना बराईली र कोषाध्यक्षमा विमला भण्डारी चयन हुनुभएको छ । सदस्यहरुमा दिपक गुरुङ,मनिषा दर्नाल,सेमिहाङ लिम्बु,ुसन्ध्या लिम्बु,तेज बहादुर नेपाली,तिर्थराज भण्डारी,सुजता मगर,सुजि तामाङ र मनि कुमार लिम्बु रहनुभएको छ । अधिबेशनले ६ जना प्रदेश प्रतिनिधी र ५ जना केन्द्रिय प्रतिनिधी समेत छनौट गरेको छ । प्रदेश प्रनिनिधीमा राजिन कार्की,कमल ढुंगेल,सुस्मा जोगी,शुक्रराज लिम्बु,ललित बस्नेत र रन बहादुर लिम्बु चयन हुनुभएको छ भने केन्द्रिय पार्षदमा लिला कुमार लिम्बु,रविकिरण लिम्बु,टिआर सेनेहाङ,तेजमाया श्रेष्ठ र छाँया लिम्बु छनौट हुुनुभएको छ । अधिबेशन नेपाल सास्कृतिक महासंघका केन्द्रिय सदस्य वालकृष्ण निरौला,कोशी प्रदेश अध्यक्ष रोहित नेपाल,कोशी प्रदेश उपाध्यक्ष कुमार अनुरागी लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।