
धरान, असार २१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपालका संगठन लिम्बुवान भोलिन्टियर्स LV को सुनसरी जिल्ला भेला कार्यक्रम शनिबार धरानको हरियालीमा सम्पन्न भएको छ। कार्यक्रम अघि लिम्बुवान भोलिन्टियर्सले मोटरसाइकल ¥यालीको आयोजना गरेका थिए। धरान बजार परिक्रमा गरिएको ¥यालीमा सहभागीहरूले “कोशी नाम खारेज गर”, “प्रदेश १ लाई लिम्बुवान किरात नामाकरण गर”, “मातृभाषालाई लोकसेवा आयोगको भाषा घोषणा गर” लगायतका नारा बुलन्द गरेका थिए।भेलामा लिम्बुवान भोलिन्टियर्सले समावेशीता, पहिचान, संघीयता र भ्रष्टाचारविरोधी अभियानलाई सम्बोधन गर्ने १६ बुँदे मागपत्रसमेत सार्वजनिक गरेका छन्। तिनमा १०ं१ प्रान्तीय संरचनाको पुनः स्थापनादेखि ऐतिहासिक क्षेत्र विजयपुरको अतिक्रमण रोक्नुपर्ने माग समावेश छ।

१६ बुँदे मुख्य नाराहरू यसप्रकार छन्
१.संघीय गणतन्त्र जिन्दावाद
२.कोशी नाम – खारेज गर
३.प्रदेश १ लाई लिम्बुवान किरात सहितको नामाकरण गर
४. मुकुमलुङमा केवलकार निर्माण खारेज गर
५.मातृभाषालाई लोकसेवामा समावेश गर
६.ऐतिहासिक विजयपुर अतिक्रमण बन्द गर
७.पूर्ण समानुपातिक प्रतिनिधित्व लागू गर
८.दलित समुदायमाथिको ज्यादती अन्त्य गर
९.वीर लिम्बुवानी सहिदहरू अमर रहून
१०.भ्रष्टाचारीलाई जन्मकैदको सजाय गर
११.लिम्बुवान भोलिन्टियर्स जिन्दावाद
१२.संघीय लिम्बुवान प्रान्तीय मञ्च जिन्दावाद
१३.संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिन्दावाद
१४.सह अस्तित्वको आधारमा १०ं१ प्रान्त कायम गर
१५.जय लिम्बुवान किरात
१६.जय १०ं +१ प्रान्त

कार्यक्रममा विभिन्न वक्ताहरूले आ(आफ्ना धारणा राख्दै पहिचानको आधारमा राज्य पुनर्संरचना, मातृभाषा र संस्कृतिको संरक्षण तथा ऐतिहासिक अन्यायको अन्त्यको पक्षमा आवाज बुलन्द गरे। संघीयता र आत्मपहिचानको अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी राखिने उद्घोष भेलाबाट गरिएको थियो।कार्यक्रममा लिम्बुवान भोलिन्टियर्सका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, स्थानीय अगुवा, युवा, महिला तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति उल्लेख्य थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा संघीय लिम्बुवान मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’ सहभागी थिए।कार्यक्रमको सभाध्यक्ष लिम्बुवान सुनसरीका जिल्ला अध्यक्ष राजकुमार वनेम ‘प्रिन्स’ थिए, भने कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी LV का केन्द्रीय सिनियर कमान्डर प्रेम लिइ्खिमले निर्वाह गरेका थिए।केन्द्रीय कमाण्ड र सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न भेलामा जिल्लाभरिबाट उल्लेख्य संख्यामा भोलिन्टियर्सहरूको सहभागिता देखिएको थियो।




