२०८३ जेष्ठ ९ शनिबार

नेपाल पत्रकार महासंघ तेह्रथुमको १४ औ साधारसभा सम्पन्न।

तेह्रथुम/ नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको चौधौँ वार्षिक साधारणसभा म्याङलुङ बजारस्थित देउराली सोसाईटी को सभाहलमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । साधारणसभामा पत्रकारिताको मर्यादा, व्यावसायिक आचरण, सञ्चारमाध्यमको विश्वसनीयता तथा बदलिँदो प्रविधिसँगै पत्रकारितालाई जिम्मेवार र जनमुखी बनाउनुपर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमान सिं ईश्वो ले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनताका आवाजलाई बुलन्द बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिताले समाजलाई सही दिशातर्फ लैजान सहयोग पुग्ने धारणा राख्नुभयो ।

त्यसैगरी विशेष अतिथि तथा साधारणसभाका प्रतिनिधि नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य किसोर विश्वकर्मा ले पछिल्लो समय पत्रकारितामा देखिएका चुनौती, सामाजिक सञ्जालको प्रभाव र एआई प्रविधिको बढ्दो प्रयोगबीच पत्रकारहरू अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पत्रकारको पेशागत हकहित, क्षमता विकास र प्रेस स्वतन्त्रताको संरक्षणका लागि महासंघ निरन्तर सक्रिय रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ ले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाले वर्षभरि सञ्चालन गरेका गतिविधि, पत्रकार क्षमता अभिवृद्धिका कार्यक्रम, सञ्चारकर्मीको पेशागत सुरक्षा तथा संगठन सुदृढीकरणका प्रयासबारे जानकारी गराउनुभयो । उहाँले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारितालाई थप विश्वसनीय, तथ्यपरक र जनउत्तरदायी बनाउँदै लैजान सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ तेह्रथुमका सचिव कृष्ण विदुखी गौतम ले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रम सञ्चालन महासंघका उपाध्यक्ष सीता लिम्बु ले गर्नुभएको थियो ।

साधारणसभामा सहभागी पत्रकार तथा अतिथिहरूले पत्रकारिता केवल पेशा मात्र नभई समाजप्रतिको जिम्मेवारी र जनविश्वासको आधार भएकाले सत्य, निष्पक्षता र नैतिकतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । साथै स्थानीय मुद्दा, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा नागरिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रममा जिल्लास्थित सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।