२०८२ चैत्र २९ आईतवार

निर्वाचनमा उत्कृष्ट सेवा गर्ने चालकहरू तेह्रथुममा सम्मानित।

तेह्रथुम — प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा विभिन्न पालिकाहरूमा खटिएका नेपाल प्रहरीका मोबाइल गस्तीका सवारी चालकहरूलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सम्मान गरेको छ।

निर्वाचन अवधिभर अहोरात्र खटिई शान्ति–सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएका चालकहरूलाई अविर, खादा र नगदसहित सम्मान गरिएको हो। कार्यक्रममा उनीहरूले देखाएको जिम्मेवारी, अनुशासन र सक्रिय सहयोगको उच्च प्रशंसा गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन चालकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको थियो। उनले आगामी दिनमा पनि यस्तै समर्पणका साथ काम गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

सम्मानित हुनेहरूमा तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवु निवासी विनोद तामाङ, छथर गाउँपालिका–५, गौरीगाउँ निवासी कमल बहादुर खड्का, फेदाप गाउँपालिका–२, चैते निवासी संजय खड्का तथा धनकुटा नगरपालिका–२, हिले निवासी शिवराज मगर रहेका छन्।

कार्यक्रममा उपस्थित अधिकारीहरूले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबै सुरक्षाकर्मी तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका थिए।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।