२०८२ चैत्र २९ आईतवार

धरानमा याक्थुङ कुरुम्बाङ थरको पाँचौँ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन ।

धरान, सुनसरी 

याक्थुङ कुरुम्बाङ थरको पाँचौँ महाधिवेशन सुनसरीको धरान–५, आँपठारस्थित नव–निर्मित भवनमा सम्पन्न भएको छ। संसारभर छरिएर रहेका याक्थुङ कुरुम्बाङ (लिम्बु) समुदायको सामूहिक भवन “याक्थुङ कुरुम्बाङ हिम” को उद्घाटनसँगै महाधिवेशन कार्यक्रम आयोजना गरिएको हो।

याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको अध्यक्षतामा सम्पन्न महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। २०८२ साल फागुन ३० गते शनिबार बसेको पहिलो पूर्ण बैठकले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको जनाएको छ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा बसन्तकुमार कुरुम्बाङ चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा योगेन्द्र कुरुम्बाङ चयन भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा हिमाल कुरुम्बाङ, उदय कुरुम्बाङ र मिन प्रसाद कुरुम्बाङ चयन भएका छन्।

त्यस्तै महासचिवमा विरेन्द्र कुरुम्बाङ, सचिवमा मणिशंकर कुरुम्बाङ र नन्दकुमार कुरुम्बाङ चयन भएका छन्। कोषाध्यक्षमा हर्कजङ कुरुम्बाङ तथा सह–कोषाध्यक्षमा रमेश कुरुम्बाङ चयन भएका छन्। अन्य सदस्यहरूसहित नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको हो।

उक्त जानकारी याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका सचिव मणिशंकर कुरुम्बाङले दिनुभएको हो।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।