२०८२ चैत्र २९ आईतवार

तेह्रथुममा फरार प्रतिवादी पक्राउ

तेह्रथुम, ८ फागुन

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरी चौकी पोक्लाबाङ बाट खटिएको प्रहरी टोलीले तेह्रथुम फेदाप गाउँपालिका–२ स्थायी घर भएका ३४ वर्षीय खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको हो।

बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका लिम्बुलाई जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। तेह्रथुम जिल्ला अदालतको मिति २०८०/०३/१७ गतेको फैसलाअनुसार उनलाई १० महिना ६ दिन कैद तथा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका लिम्बुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।