तेह्रथुम , १० माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पूर्वी जिल्ला भ्रमणको क्रममा तेह्रथुम आईपुग्नुभएको छ । तेह्रथुम आगमनका क्रममा उहाले पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गर्दै संगठन सुदृढीकरणमा जोड दिनुभएको छ।
तेह्रथुमको मेयङलुङ नगरपालिका–स्थित ऐतिहासिक मेयङलुङ मन्दिरमा पुगेर नेता शाहले विशेष पूजा–आजा समेत गर्नुभएको छ। स्थानीय धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरमा गरिएको पूजा–आजालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसैक्रममा रास्वपाले मेयङलुङ बजार क्षेत्रमा भव्य र्यालीसमेत आयोजना गरेको थियो। र्यालीमा पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सुशासन, विकास र परिवर्तनको नारा घन्काउँदै बजार परिक्रमा गरेका थिए।
पूर्वी जिल्ला भ्रमणको उद्देश्य पार्टी संगठन विस्तार, जनतासँग प्रत्यक्ष संवाद र आगामी राजनीतिक कार्यदिशा तय गर्नु रहेको नेता शाहले बताउनुभएको छ ।
नेता बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीय चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । ओलीको उम्मेदवारीसँगै पूर्वी नेपालमा राजनीतिक गतिविधि थप सक्रिय बनेको छ।








