२०८३ जेष्ठ १३ बुधबार

तेह्रथुम मलेसिया सम्पर्क मञ्चको पाँचौँ महाधिवेशन भोलि हुँदै ।

कोताराया (मलेसिया)

सामाजिक क्षेत्रमा क्रियाशील संस्था तेह्रथुम मलेसिया सम्पर्क मञ्च को पाँचौँ महाधिवेशन भोलि २८ डिसेम्बर २०२५ मा हुने भएको छ। मञ्चका सचिव मनोज लिम्बु का अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

महाधिवेशनको अवसरमा तेह्रथुम जिल्लामा छायाङ्कन गरिएको सांस्कृतिक चलचित्र ‘नाम–ओती’ को विशेष प्रदर्शनसमेत गरिनेछ। कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल बनाउन मञ्चका अध्यक्ष पदम राज लिम्बु ले सबैमा आग्रह गरेका छन्।

महाधिवेशन मलेसियाको कोताराया स्थित होटल प्यासिफिकको सभाहलमा, मलेसिया समय अनुसार दिउँसो १२ बजे बाट सुरु हुनेछ।

वि.सं. २०७२ सालमा स्थापना भएको मञ्चले प्रवासमा रहेका तेह्रथुमवासीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा मानवीय कार्य गर्दै आइरहेको छ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।