२०८३ जेष्ठ १३ बुधबार

तेह्रथुम मलेसिया सम्पर्क मन्चको अध्यक्षमा तोया रोशन ।

क्वालालम्पुर । मलेसियामा क्रियाशील तेह्रथुम मलेसिया सम्पर्क मञ्चको पाँचौँ अधिवेशन मलेसियाको राजधानी क्वालालम्पुरस्थित कोतारायको होटल प्यासिफिकमा २८ डिसेम्बरमा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले मञ्चको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सामाजिक एकता, आपसी सहयोग तथा तेह्रथुम जिल्लाको पहिचान, संस्कृति र सामुदायिक हितका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

e!

अधिवेशनबाट तोया रोशन ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

कार्यक्रमका संरक्षक इन्द्र नारायण लिम्बुले मन्तव्य राख्दै प्रवासमा रहेका तेह्रथुमे समुदायलाई एकताबद्ध गर्दै संस्थालाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सचिव मनोज लिम्बुले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

अधिवेशनका प्रमुख अतिथि NRNA मलेसिया अध्यक्ष तथा संस्थाका संयोजक इन्द्र नारायण लिम्बुले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सहकार्य, सामाजिक उत्तरदायित्व र जिल्लागत संस्थाहरूको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको सभाध्यक्षता सल्लाहकार समिति संयोजक पदम राज लिम्बुले गर्नुभएको थियो।

अधिवेशन कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले गर्नुभएको थियो। कार्यक्रममा पत्रकारिता, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सेनेहाङलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।

अधिवेशनबाट चयन भएको कार्यसमिति यसप्रकार रहेको छः

अध्यक्ष: तोया रोशन ढकाल

वरिष्ठ उपाध्यक्ष: महेन्द्र बस्नेत

उपाध्यक्षहरू: उमा खजुम, नगेन्द्र दाहाल

महासचिव: मनोज लिम्बु

सचिव: निर्मल लिम्बु

सह–सचिव: सुनिता जबेगु

कोषाध्यक्ष: अटल सेनेहाङ

सह–कोषाध्यक्ष: रुपा थाम्देन

सदस्यहरू:

नेत्र संग्रौला, हस्तविर कार्की, डिल्लि कुमार तामाङ

सल्लाहकार समिति:

संयोजक: पदम राज लिम्बु

सदस्यहरू: चन्द्र फेदाप, टंक निङ्लेकु, पूर्ण गुरुङ, सुजता कार्की, सुनिल खड्का

कार्यक्रममा उपस्थित वक्ताहरूले नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेका तेह्रथुमेहरूको हित, एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजान आग्रह गरेका थिए।

अधिवेशन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको तेह्रथुम मलेसिया सम्पर्क मञ्चले जनाएको छ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।