२०८३ जेष्ठ १४ बिहीबार

तेह्रथुम, १५ माघ
तेह्रथुमको दुर्गम भेग मेन्छ्यायेम गाउँपालिका–२ पौठाकका स्थानीयबासीलाई सामान्य सुरक्षा सेवाका लागि समेत टाढा जानुपर्ने बाध्यता थियो। यही समस्यालाई मध्यनजर गर्दै यहाँ अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी चौकी स्थापनाले स्थानीयवासी हर्षित भएकाछन् ।

पुर्व प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङको आफ्नै पालिका मेन्छ्यायेम २ पौठाकमा लामो समयदेखि प्रहरी चौकीको अभावले स्थानीयबासी असुरक्षित महसुस गर्दै आएका थिए। तर आज यहाँको दृश्य फरक छ—स्थानीयको अनुहारमा राहत, खुसी र आशा देखिन्छ। किनकी यहाँ अस्थाई प्रहरी चौकीको स्थापना भएको छ । यो चौकी पूर्व प्रहरी महानिरीक्षक खापुङको पहलमा स्थापना भएको हो। आज एक औपचारिक कार्यक्रम बीच खापुङले रिबन काटेर चौकीको उद्घाटन गर्नुभयो। कार्यालय उद्ध्घाटन गर्दै उहाँले प्रहरी र नागरिकबीचको भरोसा नै शान्ति सुरक्षाको आधार भएको बताउनुभयो।

हाल प्रहरी चौकी घर भाडामा लिएर सञ्चालन गरिएको छ। गाउँपालिकाले भाडा व्यहोर्ने र आगामी दिनमा स्थायी भवन निर्माणका लागि पहल गर्ने मेन्छ्यायेम गाउपालिकाका अध्यक्ष यादव बहादुर खापुङले बताउनुभयो ।

प्रहरी चौकी स्थापनाले अपराध नियन्त्रण, तत्काल सुरक्षा प्रतिक्रिया र सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयबासीले अपेक्षा गरेका छन् । चौकी स्थापनाले समाजमा शान्ति सुरक्षा कायम हुने प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभयो ।

दुर्गम क्षेत्रका नागरिकलाई राज्यको सुरक्षा संयन्त्रसँग जोड्ने यो पहल संगै शान्ति सुरक्षा र सुशासन कायम गर्ने विश्वास लिइएको स्थानीयबासी दिलकुमारी शंकरको भनाई छ ।

प्रहरी, प्रशासन, जनप्रतिनिधि तथा स्थानीयबासीको सहभागितामा सम्पन्न उद्घाटन कार्यक्रमसँगै पौठाकमा शान्ति सुरक्षाको नयाँ आधार तयार भएको विश्वास लिइएको छ। तेह्रथुम जिल्लामा हाल जिल्ला प्रहरी कार्यालयसहित २ वटा इलाका प्रहरी कार्यालय,१० वटा प्रहरी चौकी, १ अस्थायी प्रहरी चौकी,५ अस्थायी प्रहरी पोष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय १ र ट्राफिक प्रहरी पोष्ट १ वटा सञ्चालनमा छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।