२०८३ जेष्ठ १४ बिहीबार

तेह्रथुम । मेन्छ्यायेम गाउँपालिकाको दशौँ स्थापना दिवसको अवसरमा नवनिर्मित प्रशासनिक भवनको माघ २६ गते सोमबार भव्य रूपमा उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष यादब बहादुर खापुङले भवनको उद्घाटन गर्दै औपचारिक रूपमा सेवा प्रवाहसमेत सुरु गरिएको घोषणा गर्नुभयो।

संघीय सरकारको ६० प्रतिशत र मेन्छ्यायेम गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण गरिएको उक्त भवनको कुल लागत ९ करोड रुपैयाँ रहेको छ। करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको भवन आधुनिक संरचना, सहज पहुँच र सेवाग्राहीमैत्री सुविधासहित निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै सेवाग्राहीले एकै स्थानबाट सहज, छरितो र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ। यसले स्थानीय तहको सेवा प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

दशौँ स्थापना दिवस तथा भवन उद्घाटन समारोहको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका उत्कृष्ट कृषक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरेको छ। सम्मानित व्यक्तिहरूले स्थानीय विकासमा थप जिम्मेवार र प्रेरित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मेन्छ्यायेम गाउँपालिकाले “विकासमा बहुआयाम : समृद्ध मेन्छ्यायेम” भन्ने नारालाई व्यवहारमा उतार्दै आगामी दिनमा सेवा, पूर्वाधार र कृषि क्षेत्रमा थप प्रभावकारी कार्यक्रम अघि बढाउने जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।