२०८१ चैत्र २६ मंगलवार

एमाले तेह्रथुमको अध्यक्षमा ढुंगाना ।

तेह्रथुम,मंसिर ७ गते शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेह्रथुमको अध्यक्षमा शिव प्रसाद ढुंगाना निर्वाचित हुनुभएको छ । विहिबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार ढुंगानाले आफ्ना प्रतिस्पर्धी गोविन्दराज श्रेष्ठ भन्दा ३२ मत बढी पाउनुभएको थियो । कुल ४ सय ४७ मतमा श्रेष्ठले २ सय ४ मत पाउदा ढुंगानाले २ सय ३६ मत प्राप्त गर्नुभएको थियो । पार्टी उपाध्यक्षमा सन्तविर लिम्बु(सन्तोष), सचिवमा तारामान मादेन, उपसचिव खुलामा यादव बहादुर खापुङ र उपसचिव महिलामा तारा खरेल ढकाल निर्वाचित हुनुभएको छ ।

 

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?