तेह्रथुम ।
तेह्थुममा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागद्धालाइ यसका लागि विशेष अनुरोध गरे बमोजिम विभागले पुस २३ र २४ गते तालिम तेह्रथुममा सम्पन्न गरी सो सम्वन्धी आवश्यक उपकरण समेत उपलब्ध गराइसकेको छ ।
केही समय पहिला जिल्ला प्रशासन कार्यालयमा १६ हजार भन्दा बढी कार्ड आइपुगेको तर जनतालाइ कार्ड लिन पुन: प्रशासनमा नआउने उपायको खोजीमा रहेको र आफू पहिला उक्त विभागमा समेत कार्य गरेको नाताले विशेष पहल गरेर पालिकाबाट वितरण गराउने व्यवस्था मिलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी श्री मीना अर्यालले जानकारी गराउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा प्राप्त राष्ट्रिय परिचय पत्रका कार्डहरु पालिका र वार्डपिच्छे छुट्याएर राखिसकेकोले तालिम पश्चात MIS Operators लाइ उक्त कार्डहरु आज २४ गते प्रमुख जिल्ला अधिकारी अर्यालले तेह्रथुका स्थानीय तहका MIS Operators लाइ हस्तान्तरण गर्नु भयो ।अवदेखि प्रशासनले कार्ड वितरणको समग्र समन्वय र सहजीकरण गर्ने र अव १-२ दिनभित्र जिल्ला प्रशासन कार्यलयले कार्ड लिन आउन सम्वन्धित सबैलाइ मोवाइलमा मेसेज पठाउने र सम्वन्धित व्यक्तिले आफ्नो पालिकामा गएर कार्ड लिन सकिने प्र जि अ अर्यालले बताउनु भयो ।
राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागको आयोजना र जिल्ला प्रशासन कार्यालय तेह्रथुमको पहल, समन्वय र सहआयोजनामा तेह्रथुम, पाचथर र ताप्लेजुङका स्थानीय तहका MIS Operators र प्रशासनका विवरण दर्ता अपरेटरलाइ तेह्रथुममा तालिम कार्यक्रम सम्पन्न भएको सहायक प्र जि अ श्री विक्रम लिम्बुले जानकारी गराउनु भयो ।
सकेसम्म जनताका लागि आवश्यक सेवाहरु जनताको नजिकको सरकारबाट वितरण गर्ने नेपाल सरकारको नीति रहेको । राष्ट्रिय परिचय पत्र जस्तो महत्वपूर्ण कार्ड स्थानीय तहबाट वितरण गरिनु अत्यन्तै महत्वपूर्ण विषय हो ।








