तेह्रथुम, असोज २१ गते
तेह्रथुममा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका–९ पुरुन्दिन बस्ने २० वर्षीय सन लिम्बुको भरुवा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर गएरातीे मृत्यु भएको हो ।
आफै संग रहेको बन्दुक सफा गर्ने क्रममा पड्केको हुनसक्ने प्रहरीकोे प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला पहरी कार्यलय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरिक्षक प्रमोद खड्काले जानकारी दिनुभयो ।
मृतकको शव जिल्ला अस्पताल तेह्रथुममा आज पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।