२०८१ पुष ८ सोमबार

तेह्रथुमको लालीगुराँस–८ मा वडाध्यक्षका लागि ८ जनाको उम्मेदवारी दर्ता ।

तेह्रथुम, मंसिर २ गते

कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउदै नगेन्द्र लिम्बु, पुर्वमन्त्री सांषद सिता गुरुङको साथमा ।
कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउदै नगेन्द्र लिम्बु, पुर्वमन्त्री सांषद सिता गुरुङको साथमा

तेह्रथुमको लालीगुराँस वडा नम्बर ८ मा वडाअध्यक्षका लागि ६ वटा दल सहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छ्न । वडाअध्यक्ष पदका लागि ६ राजनितिक दल र २ जना स्वतन्त्रले आईतबार उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेस बाट नगेन्द्र लिम्बु,नेकपा एमालेबाट बुद्ध बहादुर लिम्बु ,नेकपा माओवादी केन्द्रबाट कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पाटी बाट सञ्जिव खड्का,राष्ट्रिय प्रजातन्त्र पार्टी बाट रत्न बहादुर श्रीपाली र नेकपा एकिकृत समाजवादी बाट प्रेम बहादुर खड्का रहेका छन् भने स्वतन्त्र बाट उक्त बहादुर लिम्बु र बसन्त लिम्बुले वडाअध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत भिम बहादुर निरौलाको अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । वडाध्यक्ष तेजमान लिम्बुकोे २०८० चैत २८ गते निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । १ हजार ४ सय ८१ मतदाता रहेको वडामा यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ।

 

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।