२०८१ चैत्र २६ मंगलवार

लिम्बू पत्रकार संघको तेस्रो अधिबेशन सम्पन्न ।

तेह्रथुम, चैत्र २३
लिम्बू पत्रकार संघको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा निर्वाचित हुनुभएको छ । तेह्रथुमको पर्यटकीय गन्तव्य बसन्तपुरको चोलुङ पार्कमा सम्पन्न तेस्रो महाधिवेशनले सुब्बा अध्यक्ष रहेको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

मनोनित गरेर पदपूर्ति गर्नेगरी महाधिवेशनमार्फत २१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । कार्यसमितिको उपध्यक्षमा सचितानन्द लिम्बू, महिला उपाध्यक्षमा सुजता निङ्लेकु लिम्बू, महासचिवमा जीवन योङ्हाङ लिम्बू चयन हुनुभएको छ ।

यस्तै, सचिवमा ज्ञानु केदेम, महिला सचिवमा सम्पदा लिम्बू र कोषाध्यक्षमा दिलकुमार फेम्बु लिम्बू चयन हुनुभएको छ । सदस्यहरुमा सविना लिम्बू, धनबहादुर लिम्बू, मौसमी पारघरी लिम्बू र सिंहराज लिम्बू चयन हुनुभएको छ । बाँकी सदस्य सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मनोनित गरिने भएको छ ।

लिम्बू पत्रकार संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित देवेन्द्र खापुङ नेतृत्वको कार्यकाल सकिएको करिव आठ वर्षपछि तेस्रो महाधिवेशन भएको हो । तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला कोभिड महामारी फैलिएपछि महाधिवेशन स्थगित हुन पुगेको थियो ।

 

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।