तेह्रथुम भाद्र १४ गते
श्रीकृष्ण जन्माष्टमीको अवशरमा तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुराँगाई स्मृती गोल्डकपको फाईनलमा छथर जोरपाटी धनकुटा र बिबिसी तेह्रथुम प्रवेश गरेका छन् । म्याङलुङ रंगसालामा विहिबार भएको सेमि फाईनल खेलमा थ्रि स्टार जलजले लाई पराजित गर्दै छथर जोरपाटी धनकुटा र शुक्रबार भएको खेलमा चुलाचुली दमक झापालाई पराजित गर्दै बिबिसी तेह्रथुम फाईनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयावधिमा गोलरहित भएपछि दुईवटै खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । फाईनलमा पुगेको यि दुई टिम बिच सनिबार प्रतिस्पर्धा हुनेछ ।
गोल्डकपको प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्र सहित दुई लाख रुपियाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक म्याङलुङ स्पोटिङ क्लवले जनाएको छ ।