२०८३ जेष्ठ १ शुक्रबार

सेनेहाङ परिवार द्धारा बिद्यालयलाई सहयोग ।

टिआर सेनेहाङ

तेह्रथुम, कार्तिक

तेह्रथुमको लालीगुराँस नगरपालिका–९ मा रहेको कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खड्क बहादुर÷दौमन्त कुमारी सेनेहाङ स्मृती प्रतिष्ठानले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सामग्री हस्तान्तरण गरेको छ। विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका सदस्य तथा स्व. खड्ग बहादुर सेनेहाङ र स्व. दौमन्त पयाङगु सेनेहाङका माइलो छोरा सष्टिका सेनेहाङले गर्नुभयो।

प्रतिष्ठानले विद्यालयका १ सय ६ जना विद्यार्थीलाई करिब ६० हजार बराबरका शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। साथै विद्यालयमा पुस्तकालय स्थापना गर्न ५० हजार नगद सहयोग गरेको प्रतिष्ठानकी सदस्य कमला सेनेहाङले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतिष्ठानले यसअघि विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो।

यसबाहेक प्रतिष्ठानमा परिवारका सदस्यहरूले करिब १० लाख रुपैयाँ बराबरको मुख्य अक्षयकोष स्थापना गरेका छन्। सो अक्षयकोषबाट प्राप्त ब्याज प्रयोग गरी प्रतिष्ठानले हरेक वर्ष सामाजिक तथा शैक्षिक क्षेत्रका कार्यक्रमहरूमा निरन्तर सहयोग प्रदान गर्दै आएको पनि जानकारी दिइएको छ।

विद्यालयका प्रध्यानाध्यापक डिल्ली रेग्मीका अनुसार प्राप्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, सह–पाठ्यक्रियात्मक गतिविधि सञ्चालन तथा विद्यार्थीहरूको प्रतिभा विकासमा महत्वपूर्ण टेवा पुगेको छ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख अर्जुन माबुहाङले शैक्षिक विकासमा समुदाय, विद्यालय र दातृ संस्थाबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालयले पाएको सहयोगले विद्यार्थीहरूलाई गुणस्तरीय सिकाइमा प्रेरित गर्ने बताउनुभयो।
उहाँले थप्दै भन्नुभयो—
“भूतपूर्व लाहुरेहरूले नेपाली समाजलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिएका छन्। उनीहरूकै समर्पण, देशप्रेम र सहयोग मनोभावकै कारण गाउँ–गाउँमा आज यस्ता प्रेरणादायी कार्यक्रम सम्भव भएका छन्।”

युकेबाट आएको टोलीको सहयोग
सोही कार्यक्रममा युकेबाट आएका ‘लिजेण्ड ईस्टर्न नेपाल इन्जिनियरिङ पल्टन’ टोलीले विद्यालयलाई थप सहयोग हस्तान्तरण गरेको छ। टोलीले करिब ९० हजार बराबरको साउण्ड सिस्टम, नृत्य आभूषण तथा शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरेको टोली संयोजक खड्कहाङ लिम्बूले बताउनुभयो।

उक्त टोलीमा कमला सेनेहाङ र खड्कहाङ लिम्बू, हिमाल प्रधान र लक्ष्मी प्रधान, दिपक हमाल र मञ्जु हमाल, आनन्द पुन र डा. सुमिन्द्रा पुन, गुण गुरुङ र बेनु गुरुङ, भोज गुरुङ र गिता गुरुङलगायत १२ जना सहभागी रहेर सहयोगमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

विद्यालयले दाताहरूप्रति आभार र कृतज्ञता व्यक्त गर्दै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।

 
 

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।