२०८३ जेष्ठ १४ बिहीबार

छथर गाँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न।

तेह्रथुम, सुदाप – स्थानीय तहको उत्तरदायित्व, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले छथर गाउँपालिका वडा नं. ६ ले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ र २०८२/०८३ को योजना प्राथमिकिकरण तथा सल्लाह सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम मचिन्द्र माध्यमिक विद्यालय, सुदापको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रम बिहान ११ बजेबाट सुरु भएको थियो।

कार्यक्रममा वडाध्यक्ष महेन्द्र मादेनले विगत वर्षका योजनाहरूको प्रगति, समस्या र समाधानका प्रयासबारे जानकारी गराउँदै स्थानीय जनताको सुझावलाई आधार मानेर आगामी वर्षका योजना तय गरिने बताउनुभयो। उहाँले “जनताको चाहना र आवश्यकता बुझ्दै विकास योजनाहरूलाई समावेशी बनाउने हाम्रो प्राथमिकता हो” भन्नुभयो।

वडा सचिव फुलकुमारी लिम्बुले वडा कार्यालयबाट प्रदान गरिएका सेवाहरू, बजेटको विवरण, खर्चको अवस्था तथा योजनाको कार्यान्वयन प्रक्रिया सार्वजनिक गर्दै नागरिकको सहभागिता र चासोलाई सधैं स्वागत गरिने बताउनुभयो।

कार्यक्रममा वडाभित्रका विभिन्न टोल विकास संस्था, आमा समूह, युवा, किसान, शिक्षक, बुद्धिजीवी, जनप्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागिता थियो। सहभागीहरूले स्वास्थ्य, शिक्षा, सडक, कृषि, खानेपानी, सिचाइँ र रोजगारीजस्ता विषयमा समस्या र योजना सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई तेह्रथुम मिडियाले मिडिया पार्टनरको रूपमा प्रत्यक्ष प्रसारण (Facebook Live) मार्फत आम नागरिकसम्म पु-याएको थियो।

स्थानीयको गुनासो, सुझाव र सशक्त उपस्थिति रहेको सार्वजनिक सुनुवाइ कार्यक्रमले वडालाई आगामी योजना बनाउने दिशामा स्पष्ट मार्गदर्शन दिने अपेक्षा गरिएको छ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।