२०८३ जेष्ठ १३ बुधबार

हाम्रो डेरीले गर्यो १४ जना कृषकलाई सम्मान

तेह्रथुम, असोज
तेह्रथुमको म्याङलुङ नगरपालिका–६ को बगरकोटमा संचालित हाम्रो डेरी उद्योगले बिभिन्न कृषकहरुलाई सम्मान गरेको छ । उद्योगले बुधबार आफ्नो बार्षिक उत्सवको अवशरमा नियमित धेरै मात्रामा दुध दिने र ईमान्दार कृषक छनौट गरेर १४ जना दुग्घ उत्पादक कृषकहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो । यहा डेरी उद्योग स्थापनाले आसपासका धेरै दुध उत्पादक किसानहरुलाई राहत मिलेको छ । यस डेरीमा दैनिक १ हजार ८ सय लिटरसम्म दुध संकलन हुने गरेको छ । डेरिले किसानको घरैबाट दुध संकलन गर्ने गरेको र दुध प्रतिलिटर ५० रुपैया मासिक रुपमा किसानलाई एकमुष्ट भुक्तानी दिने गरेको छ । कृषकहरुलाई उर्जा र हौसला स्वरुप सम्मान गरेको हाम्रो डेरीका संचालक पासाङ सेर्पाले बताउनुभयो ।

यस डेरी बाट मासिक १२ क्वीन्टल ध्यू र १० क्वीन्टल छुर्पि उत्पादन भईरहेको छ। यस उद्योगमा छुर्पि, नौनि ध्यू,क्रिम,दहि,पनिर,कुराउनी लगायत अन्य दुग्धजन्य सामग्रीहरु उत्पादन हुने गरेका छन् । यि उत्पादन स्थानीय बजारसँगै धरान , इटहरी, र काठमाडौंसम्म पठाइन्छ। विशेषगरी छुर्पि र घ्यूको माग अत्यधिक छ।

 

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।