काठमाडौ – नेपाली कांग्रेसले फागुन २१ घोषणा गरिएको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शनिवार बसेको पार्टी केन्द्रिय समिति बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको महामन्त्री गगन थापाले बताए । उनले भने निर्वाचनमा जाने वारे हामी प्रष्ट नै थियौ, तर पनि सरकार, निर्वाचन आयोग र आम जनतालाई सन्देश दिन औपचारिक निर्णय गऱ्यौ ।








