२०८३ जेष्ठ १४ बिहीबार

मेन्छ्यायेम श्रीजुङ प्रालिले सुरु गर्यो कृषि क्रान्ती ।

तेह्रथुम–७ मंसिर

कोशी प्रदेश प्रमुख परशुराम खापुङले स्थानीय स्तरमै सञ्चित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न आवश्यक रहेको बताउनुभएको छ । लगानी बढाऔँ, श्रीजुङ बनाऔँ’ भन्ने नाराका साथ मेन्छ्यायेम श्रीजुङ प्रालिको नयाँ सेयर जारी सम्बन्धी आइतबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रमुख खापुङले ग्रामीण भेगको आर्थिक उन्नतिका लागि सामूहिक लगानी र उद्यमशीलता अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।

मेन्छ्यायेम गाउपालिका–४ मा स्थापित प्रालिले नयाँ सेयर जारी गर्दै कार्यक्रमका बिच कम्पनीका अध्यक्ष चित्रराज चोङबाङले हालसम्मका गतिविधी, भविष्यका योजना, सम्भावित परियोजना तथा लगानीकर्तालाई उपलब्ध हुने फाइदाहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । उहाका अनुसार कम्पनीले कृषि, पर्यटन, सहजीकरण सेवा तथा सामुदायिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै दीर्घकालीन व्यवसायिक मोडेल अघि बढाउने तयारी गरेको छ।

मेन्छ्यायेम–४, श्रीजुङ स्थित श्रीजुङ बिकास समाजको सभाहलमा आयोजित कार्यक्रममा स्थानीयबासी,बिद्यार्थी,जनप्रतिनिधी र लगानीकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा श्रीजुङ माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। सहभागीहरूका अनुसार यसले श्रीजुङ–मेन्छ्यायेम क्षेत्रमा सांस्कृतिक पहिचानसँगै आर्थिक सक्रियता बढाउने हौसला जगाएको छ।

आयोजक मेन्छ्यायेम श्रीजुङ प्रालिका प्रतिनिधिले सेयर सार्वजनिकसँगै स्थानीय लगानीकर्ता, व्यवसायी तथा युवालाई उद्यमशीलतामा जोड्ने उत्तम अवसर सिर्जना भएको बताएका छन्। कम्पनीले प्राप्त हुने सेयर पूँजीलाई व्यवस्थित र पारदर्शी रूपमा विकास परियोजनामा लगानी गर्दै क्षेत्रीय आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ। प्रालीले हाल सानो मझुवा असिनेमा व्यावशिक भैसी तथा बाख्रापालन सुरुवात गरेको छ । आगामी दिनमा उन्नत जातका पशुपंछी र कृषीजन्य क्षेत्रमा लगानी वृद्धि गर्दै लाने प्रालीले जनाएको छ । उक्त पशुपालन फर्मको समेत प्रदेश प्रमुख खापुङले आजै स्थलगत अनुगमन गर्नुभएको प्रालीका बोर्ड सदस्य ईन्द्र लुम्फुङवाले जानकारी दिनुभयो ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।