२०८३ जेष्ठ १३ बुधबार

हङकङमा गुञ्जियो सुमन ‘सानु’ कुरुम्बाङको स्वर ।

तेह्रथुम– पुष

तेह्रथुमका गायक सुमन ‘सानु’ कुरुम्बाङको हङकङमा एकल सांगीतिक साँझ सम्पन्न भएको छ।याक्थुङ कुरुम्बाङ सङ्जुम्भो हङकङको आयोजनामा हङकङस्थित याक एण्ड यति रेष्टुरेन्टमा डिसेम्बर २४ तारिखका दिन उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ हङकङ, तेह्रथुम समाज हङकङलगायत विभिन्न संघ–संस्थाको सहभागिता रहेको थियो। एकल साँझको अवसरमा गायक कुरुम्बाङलाई तेह्रथुम हङकङ मञ्चले खादा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको छ।

नेपालका विभिन्न जिल्लामा निरन्तर प्रस्तुति दिँदै आएका कुरुम्बाङका लागि यो पहिलो विदेशी सांगीतिक यात्रा हो। उनले हालसम्म दर्जनौँ लिम्बू पालाम गीत तथा नेपाली गीतमा स्वर दिइसकेका छन्। लिम्बू र नेपाली दुवै भाषाका गीतमार्फत दर्शकलाई झुमाएका गायक कुरुम्बाङ अंग्रेजी नयाँ वर्षपछि नेपाल फर्किनेछन्।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।