२०८३ जेष्ठ १३ बुधबार

तेह्रथुममा जेन्जीको प्रदर्शन हुने ।

तेह्रथुम, भदौ २४– देशभर चर्चामा रहेको जेन्जी आन्दोलन अब तेह्रथुममा पनि हुने भएको छ। जेन्जी समूहले  भदौ २४ गते मंगलबार बिहान ११ बजे म्याङलुङ बजारको लोकतान्त्रिक चोकमा प्रदर्शन गर्ने जनाएको छ।

समूहका एक युवा अभियन्ता सागर खुलालका अनुसार आन्दोलनका क्रममा सरकारद्वारा विद्यार्थीहरुको हत्या गरिएको घटनाको विरोध गरिनेछ। साथै, मुलुकमा बढ्दो भ्रष्टाचार, गैरजिम्मेवार शासन प्रणाली र अन्यायपूर्ण व्यवहारको विरुद्ध आवाज उठाइने जनाइएको छ।

खुलालका अनुसार हिजो अन्य स्थानमा भएको प्रदर्शनमा पनि विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता देखिएको थियो। सोही निरन्तरतामा म्याङलुङमा हुने प्रदर्शनमा विद्यार्थी, युवा र सचेत नागरिकहरुलाई सहभागी हुन आह्वान गरिएको छ।

जेन्जी समूहले यसअघि पनि काठमाडौंसहित विभिन्न स्थानमा ¥याली र विरोध कार्यक्रम गर्दै आएको छ। उनीहरुले शान्तिपूर्ण तरिकाले सरकारलाई चेतावनी दिने बताउँदै आएका छन्।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।