तेह्रथुम —
गायक राजेन्द्र केरुङ र गायिका मिरा फियाकको सुमधुर स्वरमा सजिएको गीत ‘हुक्फाक्की सेवारो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतका शब्द लक्ष्मी नाम्लाक्पा नेम्बाङले लेखेका हुन् भने संगीत राजेन्द्र केरुङले भरेका छन्। संगीत संयोजन र मिक्सिङ राजु कार्कीले गरेका छन् भने रेकर्डिङ कार्य मनोज साङसोनले किङ स्टुडियोमा सम्पन्न गरेका हुन्।
म्युजिक भिडियोमा गायक राजेन्द्र र गायिका मिरा आफैं प्रस्तुत छन्। साथै अनिल लिम्बू, रुपेश राई, तिर्सना नेम्बाङ र खुसी योङहाङले पनि अभिनयमार्फत आकर्षक उपस्थिति जनाएका छन्।
भिडियोको छायांकन र सम्पादन जस्केलो क्रियसनका धन खालिङले गरेका हुन्।
गीत मिरा फियाकको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस,








